पालिकाबाट सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न प्राधिकरणको ताकेता

काठमाडाैं | मंसिर ६, २०८०

पालिकाबाट सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न प्राधिकरणको ताकेता

काठमाडौं:    नेपाल विद्युत् प्राधिकरणले पालिकाबाट सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज सूचना निकालेर विभिन्न केन्द्रहरुबाट पालिकाले सडक बत्तीबापत विद्युत् उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न र बिना मिटर प्रयोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न अनुरोध गरेको छ ।


प्राधिकरणले भुक्तानीका लागि पालिकालाई यसअघि असोज ६ गते ४५ दिनको समयसीमा दिएको थियो । त्यस्तै मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरुका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी ७ दिनभित्र मिटर जडान गरी ग्राहक कायम गराउन पनि भनिएको छ ।


यो अवधिभित्र मिटर लिइ ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरु सम्बन्धित वितरण केन्द्रबाट हटाउने उल्लेख छ । साथै सडक बत्तीको बक्यौता महशुल नबुझाउने पालिकाको हकमा प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ को विनियम १० अनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्